इलाम -२ मा आज बिहानदेखि मतगणना सुरुको तयारी

आइतबार, वैशाख १६, २०८१
Neuro hospital Nepalgunj

इलाम ।  प्रतिनिधि सभा क्षेत्र इलाम- २ को  उपनिर्वाचनको मतगणना आज बिहानबाट सुरु हुँदैछ ।यसअघि गएराति १० बजे बैठक बसेर मतगणना थाल्ने जनाइएको भए पनि मतपेटिका आइपुग्न ढिलाइ भएका कारणले आज बिहान सर्वदलीय बैडक बसिरहेको  छ ।

शनिबार भएको निर्वाचनमा इलाम २ मा ५९.७९ प्रतिशत मतदान भएको छ । यो क्षेत्रमा १ लाख १५ हजार ८८९ मतदाता थिए । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ६९ हजार २८७ मत खसेको छ । 

इलाम २ मा १२ राजनीतिक दलका र ७ स्वतन्त्र गरी १९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । शान्तिपूर्ण रुपले सम्पन्न भएको चुनावमा एमालेका सुहाङ नेम्बाङ, नेपालीकांग्रेसका डम्बरबहादुर खड्का, रास्वपाका मिलन लिम्बू र पहिचानवादी साझा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमबीच मुख्य प्रतिस्पर्धा हुने आँकलन छ। 

बझाङमा भने अझै मतपेटीका आइनपुगेकाले दिउँसोबाट मतगणना सुरु हुने बताइएको छ।

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  ०८:२५
प्रतिक्रिया दिनुहोस्