वेष्ट इन्डिजले नेपाललाई दियो २०५ रनको लक्ष्य

शनिबार, वैशाख १५, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । आजदेखि काठमाडौंमा सुरु भएको नेपाल र वेष्ट इन्डिज ए बीच ५ टी-२० को पहिलो खेलमा वेष्ट इन्डिज ए ले नेपाललाई २०५  रनको लक्ष्य दिएको छ।

टस हारेर पहिलो ब्याटिङ गरेको वेष्ट इन्डिज ए  ले  २० ओभर खेलेर  ५ विकेट गुमाउँदै २०४   रन बनाएको हो।

वेष्ट इन्डिज ए का लागि रोस्टन चेसले सर्वाधिक ७४  रन बनाए। त्यस्तै एलिक एत्जानाजेले ४७ रन जोडे।  वेष्ट इन्डिज ए का अर्का केसी कार्टीले ३९ रन बनाएर आउट भए। वेष्ट इन्डिजका मुख्य ओपनर ब्याट्सम्यान जोनसन चार्ल्स शुन्य रनमै आउट भएका थिए।

वेष्ट इन्डिज ए विरुद्द नेपालका कमल ऐरी, रोहित पौडेल,अबिनाश बोहरा र दीपेन्द्रसिंह ऐरीले १-१ विकेट लिए।

 वेष्ट इन्डिज ए विरुद्धको खेलमा नेपाल रोहित पौडेलको कप्तानी उत्रेको छ। आज नेपालको प्लेइङ ११ मा  कुशल भुर्तेल, अनिल शाह (विकेटकिपर), कप्तान रोहित पौडेल, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, अभिनाश बोहरा, प्रतिश जिसी, विवेक यादव, ललित राजवंशी र कमलसिंह ऐरी छन् ।

त्यस्तै नेपाल टुरमा आएको वेस्ट इन्डिज ए टिममा  रोस्टन चेस (कप्तान), एलिक एथानाजे , फेबियन एलन, कादिम एलीने, जोशुआ बिशप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क देयल, आन्द्रे फ्लेचर, म्याथ्यू फोर्ड, ओबेद म्याककोय, गुडाकेश मोटी, किमो पल, ओशाने थोमस र हेडेन वाल्श रहेका छन् । 

सार्वजनिक खेल तालिका अनुसार नेपाल र वेस्ट इण्डिज ए बीचको दोस्रो खेल अप्रिल २८ मा, तेस्रो मे १ मा चौथो मे २ मा र पाँचौ मे ४ मा हुने छ । 

त्यस्तै वेष्ट इन्डिज नेपालमा पहिलोपटक टी-२० खेल्न आउँदा जुन २ तारिखमा वेष्ट इन्डिज र अमेरिकाको संयुक्त आयोजनामा हुने विश्वकपको तयारीका लागि नेपाललाई यो निकै राम्रो अवसर रहेको छ । 

 

 

 

प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  १४:०५
प्रतिक्रिया दिनुहोस्