नेपालले वेष्ट इन्डिजविरुद्द टस जितेर पहिलो बलिङ गर्दै

शनिबार, वैशाख १५, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । आजदेखि नेपाल र वेष्ट इन्डिज ए बीच ५ टी-२० को पहिलो खेल सुरु हुँदैछ। आजको खेलमा नेपालले टस जितेर बलिङ रोज्दै वेष्ट इन्डिज ए लाई ब्याटिङको निम्तो दिएको छ। 

वेष्ट इन्डिज ए विरुद्धको खेलमा नेपाल रोहित पौडेलको कप्तानी उत्रेको छ। आज नेपालको प्लेइङ ११ मा  कुशल भुर्तेल, अनिल शाह (विकेटकिपर), कप्तान रोहित पौडेल, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, अभिनाश बोहरा, प्रतिश जिसी, विवेक यादव, ललित राजवंशी र कमलसिंह ऐरी छन् ।

त्यस्तै नेपाल टुरमा आएको वेस्ट इन्डिज ए टिममा  रोस्टन चेस (कप्तान), एलिक एथानाजे , फेबियन एलन, कादिम एलीने, जोशुआ बिशप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क देयल, आन्द्रे फ्लेचर, म्याथ्यू फोर्ड, ओबेद म्याककोय, गुडाकेश मोटी, किमो पल, ओशाने थोमस र हेडेन वाल्श रहेका छन् । 

सार्वजनिक खेल तालिका अनुसार नेपाल र वेस्ट इण्डिज ए बीचको दोस्रो खेल अप्रिल २८ मा, तेस्रो मे १ मा चौथो मे २ मा र पाँचौ मे ४ मा हुने छ । 

त्यस्तै वेष्ट इन्डिज नेपालमा पहिलोपटक टी-२० खेल्न आउँदा जुन २ तारिखमा वेष्ट इन्डिज र अमेरिकाको संयुक्त आयोजनामा हुने विश्वकपको तयारीका लागि नेपाललाई यो निकै राम्रो अवसर रहेको छ । 

 

 

 

प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  १२:१०
प्रतिक्रिया दिनुहोस्