गृहमन्त्रीकै पार्टीका उम्मेदवारले निर्वाचन आचारसंहिता उल्लंघन गर्दै गरे मतदान

शनिबार, वैशाख १५, २०८१
Neuro hospital Nepalgunj

इलाम ।  उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले नै उपनिर्वाचनमा निर्वाचन संहिता उल्लंघन गरेका छन् ।

रास्वपाबाट इलाम -२ का उम्मेदवार मिलन लिम्बूले भने निर्वाचन संहिताको उल्लंघन गरेका हुन् ।उनले आफ्नो चुनाव चिन्ह नै लगाएर मतदान गर्न गएका थिए । यो गर्न पाइँदैन । 

लेखिएको छ, ‘मतदान केन्द्रमा राजनीतिक दल वा उम्मेदवारको प्रतिनिधिले निर्वाचन चिन्ह वा मत सङ्केत भएको पहिरन वा ब्याज लगाउन नहुने।

यही नियमको उनले उल्लंघन गरेका छन् । 

 

 

 

प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  ११:४३
प्रतिक्रिया दिनुहोस्