इलाम र बझाङमा उत्साहजनक रुपले मतदान जारी

शनिबार, वैशाख १५, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । इलाम र  बझाङमा उत्साहजनक रुपले मतदान भइरहेको छ। आज बिहान ७ बजेदेखि इलाम-२ र बझाङ -१(१) मा मतदान जारी छ।

मतदान भइरहेको स्थानमा पुगेर दुबै जिल्लाका उम्मेदवारहरुले मतदान गरिरहेका छन् । मतदान साँझ ५ बजेसम्म हुनेछ ।

आज इलाम-२ मा प्रतिनिधि सभाका लागि निर्वाचन भइरहेको छ भने बझाङमा प्रदेश सभाका लागि निर्वाचन हुँदैछ। इलाममा १९ र बझाङमा १२ जना चुनावी प्रतिस्पर्धामा छन,।

इलाम - मा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ र बझाङ-१(१) नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहको निधनपछि उपनिर्वाचन भएको हो।

प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  ०८:५३
प्रतिक्रिया दिनुहोस्