आज नेपाल र वेष्ट इन्डिज 'ए' बीचको पहिलो खेल हुँदै

शनिबार, वैशाख १५, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । आजदेखि नेपाल र वेष्ट इन्डिज ए बीच ५ टी-२० सुरु हुँदैछ। आज नेपाल र वेष्ट इन्डिज ए बीचको पहिलो खेल त्रिवि मैदानमा सवा १२ बजे सुरु हुँदैछ।

वेष्ट इन्डिज ए विरुद्धको खेलमा नेपाल रोहित पौडेलको कप्तानीमा २० सदस्यीय टोलीको घोषणा भएको छ।

वेष्ट इन्डिज नेपालमा पहिलोपटक टी-२० खेल्न आउँदा जुन २ तारिखमा वेष्ट इन्डिज र अमेरिकाको संयुक्त आयोजनामा हुने विश्वकपको तयारीका लागि नेपाललाई यो निकै राम्रो अवसर रहेको छ । 

नेपाली टिममा कप्तान रोहितसहित आसिफ सेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ सेख, सन्दीप जोरा, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजबंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहोरा, बिबेक यादव, आकास चन्द, विनोद भण्डारी, सागर ढकाल, कमलसिंह ऐरी र लोकेश बम रहेका छन् । 

त्यस्तै नेपाल टुरमा आएको वेस्ट इन्डिज ए टिममा  रोस्टन चेस (कप्तान), एलिक एथानाजे , फेबियन एलन, कादिम एलीने, जोशुआ बिशप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क देयल, आन्द्रे फ्लेचर, म्याथ्यू फोर्ड, ओबेद म्याककोय, गुडाकेश मोटी, किमो पल, ओशाने थोमस र हेडेन वाल्श रहेका छन् । 

सार्वजनिक खेल तालिका अनुसार नेपाल र वेस्ट इण्डिज ए बीचको दोस्रो खेल अप्रिल २८ मा, तेस्रो मे १ मा चौथो मे २ मा र पाँचौ मे ४ मा हुने छ । 

नेपालले घोषणा गरेका यिनै २० खेलाडीबाटो आगामी विश्वकपका लागि अन्तिम नाम टुंगो लाग्नेछ ।

 

 

 

प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  ०८:२६
प्रतिक्रिया दिनुहोस्