एक हप्तापछि धरौटी रकम बुझाएर जेलबाट छुटे दीपेश पुन

शुक्रबार, वैशाख १४, २०८१
Neuro hospital Nepalgunj

रुपन्देही । धरौटी रकम बुझाएर सहकारी ठगी प्रकरणमा कारागार चलान भएका दीपेश पुन रिहा भएका छन् ।

बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा रुपन्देही जिल्ला अदालतले पुनलाई धरौटीमा रिहा गर्न दिएको आदेशको एक हप्तापछि आज धरौटी बुझाएर रिहा भएका हुन् ।

गत शुकवार रुपन्देही जिल्ला अदालतका न्यायाधीश डा. श्रीप्रकाश उप्रेतीको इजलासले पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरालाई दीपेशलाई ४ लाख रुपैयाँ धरौटी माग गर्दै धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

दीपेशसहित ६जनालाई धरौटी रकम माग गरिएकोमा सोही दिन अन्य ५ जना धरौटी बुझाएर रिहा भएका थिए। आज एक हप्तापछि दीपेशले आज धरौटी रकम बुझाएर रिहा भएको जिल्ला अदालत रुपन्देहीले जानकारी दिएको छ।

 

 

 

 

 

 

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  १८:०९
प्रतिक्रिया दिनुहोस्