पोषणलाई प्राथमिकतामा राख्नुपर्छ: आरजु राणा

शुक्रबार, वैशाख १४, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं। सरकारले पोषणको क्षेत्रलाई प्राथमिकता दिएर बजेट विनियोजन गर्नुपर्ने सांसद डा.आरजु राणाले बताएकी छिन् ।

नेपाली कांग्रेसकी सांसद एवं कृषि ,सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति राणाले पोषण क्षेत्रमा सरकारले पर्याप्त बजेट विनियोजन गर्नुपर्ने बताएकी हुन् ।

काठमाडौंमा आज आयोजित एक कार्यक्रममा बोल्दै सभापति राणाले बालबालिकाको पोषणको आधारमा भविष्यमा कस्तो नागरिक हुन्छन् भन्ने निक्र्योल हुने भन्दै उनीहरूको पोषणका लागि सरकारले ध्यान पुर्याउनु पर्ने बताइन् ।

राणाले सरकारले पोषणलाई प्राथमिकतामा पार्न स्थानीय तहदेखि नीतिगत तहसम्म पहल हुन जरुरी रहेको बताउँदै पोषणका सम्बन्धमा सरकारले विभिन्न रणनीतिहरु भएको उल्लेख गर्दै रणनितिको कार्यान्वयनको पक्षलाई जोड दिनुपर्ने बताएकी हुन् ।

साथै राणाले पोषण पनि कृषि क्षेत्रमा पर्ने भएकाले यस क्षेत्रमा बजेट बढाउन पर्ने बताइन् ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  १७:५६
प्रतिक्रिया दिनुहोस्