मलामी गएका एक व्यक्ति नदीमा डुबेर बेपत्ता

शुक्रबार, वैशाख १४, २०८१

रुकुम पश्चिम। मलामी गएका एक व्यक्ति भेरी नदीमा डुबेर बेपत्ता भएका छन् ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिका-९ का पूर्व शिक्षक ६१ वर्षीय नारायण खड्का बुधबार दिउँसो मलामी गएका बेला नुहाउने क्रममा डुबेर बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ।

बुधबार दिउँसो ३ बजे नाता पर्नेको मलामी गएका खड्का सोही नगरपालिका-३ को रानीसागरस्थित भेरी नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएर हालसम्म खोजीकार्य गर्दासम्म फेला नपरेको प्रहरीले जनाएको छ। बेपत्ता भएका खड्काको खोजीकार्यका लागि सुर्खेतबाटो  सशस्त्र प्रहरीको ६ जना गोताखोर टोली झिकाइएको छ।

खड्का डुबेको स्थानबाट गोताखोरको टोलीले खोजीकार्य गरिरहेको रुकुम पश्चिम प्रहरीले जानकारी दिएको छ।

 

 

 

 

 

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  १७:३४
प्रतिक्रिया दिनुहोस्