यी हुन् वेष्ट इन्डिजविरुद्ध खेल्ने नेपाली खेलाडी

बिहीबार, वैशाख १३, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । नेपालसँग टी-२० खेल्न दुई पटकको टी-२० विश्वकप विजेता वेष्ट इन्डिज क्रिकेट टोली नेपाल आइपुगिसकेको छ। 

नेपाली राष्ट्रिय टोलीसँग शनिबारदेखि सुरु हुने ५ वटा टी-२० सिरिज खेल्न वेष्ट इन्डिज क्रिकेट टोली आएसँगै नेपाली टोलीको घोषणा भएको छ।

नेपाली टिममा रोहित पौडेल (कप्तान) आसिफ शेख, कुशल भुर्तेल, अनिल साह, आरिफ शेख, सन्दीप जोरा, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुल्सन झा, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहोरा, विवेक यादव र आकाश चन्द रहेका छन् ।

बुधबार नेपाल आइपुगेको वेष्ट इन्डिजको सिनियर क्रिकेट टोलीमा रहेर खेलेका १२ जना खेलाडीहरुसहितको टोली  'ए' टिमको कप्तानी रोस्टन चेजले गर्नेछन् ।  नेपाल र वेष्ट इन्डिजका सबै खेलहरु टियु कीर्तिपुर क्रिकेटमा हुनेछन् ।

वेष्ट इन्डिजले नेपालसँग सिरिजको पहिलो खेल शनिबार २७ अप्रिलमा खेल्नेछ। त्यसैगरि दोस्रो खेल अप्रिल २८, तेस्रो खेल मे १ मा हुनेछ। चौथो र पाचौं खेल क्रमशः मे २ र मे ४ मा हुने तालिका छ। 

वेष्ट इन्डिजको टोलीमा खतरानाक ब्याटर जोनसज चार्ल्स, किमो पल जस्ता बलर पनि नेपाल आइपुगेका छन् । उनीहरु लगायत सबै सिनियर टोलीमा खेलिसकेका छन।

वेष्ट इन्डिज ए को टोलीमा रोस्टन चेस (कप्तान), एलिक एथानाजे , फेबियन एलन, कादिम एलीने, जोशुआ बिशप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क देयल, आन्द्रे फ्लेचर, म्याथ्यू फोर्ड, ओबेद म्याककोय, गुडाकेश मोटी, किमो पल, ओशाने थोमस र हेडेन वाल्श रहेका छन् ।

नेपाल र वेष्ट इन्डिज आगामी टी-२० विश्वकपको तयारीका लागि मैत्रीपूर्ण सिरिज खेल्दैछन।

 

 

 

प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  १२:३३
प्रतिक्रिया दिनुहोस्