ग्वार्कोको डान्सबारमा जुवा खेलिरहेका १३ जुवाडे ४ लाख रुपैयाँसहित पक्राउ

बिहीबार, वैशाख १३, २०८१

ललितपुर । ललितपुरको ग्वार्कोस्थित एक डान्सबारको जुवाखालबाट १३ जना जुवाडेलाई प्रहरीले पक्राउ गर्दै ४ लाख रुपैयाँ बढी बरामद गरेको छ।

ग्वार्कोस्थित ननस्टप डान्सबारको ५ औं तलाको कोठाको बाहिरबाट ताला लगाएर जुवा खेलिरहेका १३ जनालाई  पक्राउ गरेको प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ।

प्रहरी परिसर ललितपुर र उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले छापा मार्दा १३ जना जुवाडेहरुलाई नियन्त्रणमा लिदैँ ४ लाख ३५ हजार ९६० रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ।

पक्राउ परेका १३ जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको ललितपुर प्रहरीले जानकारी दिएको छ।

 

 

प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  १०:०९
प्रतिक्रिया दिनुहोस्