उपनिर्वाचन: प्रचारप्रसार पूर्ण रुपले निषेध

बिहीबार, वैशाख १३, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । उपनिर्वाचन हुने क्षेत्रमा मौन अवधि सुरु भएसँगै आजदेखि प्रचारप्रसार निषेध गरिएको छ। बैशाख १५ गते प्रतिनिधि सभातर्फ इल्लाम-२ र बझाङ १ को प्रदेश सभा १ का लागि निर्वाचन आयोगले आजदेखि प्रचारप्रसारमा पूर्ण रुपले रोक लगाएको छ।

आयोगले उपनिर्वाचन हुनु ४८ घण्टा अघिदेखि नै प्रचारप्रसार निषेध गर्दै कुनै प्रकारका चुनावी छलफल , सभा, अन्तरक्रिया, सम्मेलन, गोष्ठी लगायत उम्मेदवारको पक्ष वा विपक्षमा कुनै प्रकारको प्रचारप्रसार गर्न एसएमएस , समाजिक सन्जाल, भाइबर, व्ह्याटस एप लगायत विद्युतीय माध्यमबाट भोट माग्न निशेध गरेको हो।

आयोगले यस्ता कार्य गर्ने गराउनेलाई कारबाही गर्ने जनाएको छ। उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र , निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न प्रचारप्रसार निषेध अवधिको अनुगमन र निगरानी गर्न सम्बन्धित निकायलाई निर्देशन जरी गरिएको आयोगले जनाएको छ।

नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र एवं सांसद नेम्वाङको निधनपछि इलाम-२ मा र बझाङ -१ (१) मा नेपाली कांग्रेसका सांसद जयपृथ्वी बहादुर सिंहको निधन हुँदा त्यहा उपनिर्वाचन भएको हो। इलाममा १९ जना र बझाङमा ११ जना चुनावी प्रतिस्पर्धामा छन

 

 

 

प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  ०८:३५
प्रतिक्रिया दिनुहोस्