लुम्बिनीका ७ विनाविभागीय मन्त्रीले पाए जिम्मेवारी, कसले पाए कुन मन्त्रालय?

बाँकेका रत्न खत्रीलाई सामाजिक विकास मन्त्रालय
बुधबार, वैशाख १२, २०८१
Neuro hospital Nepalgunj

काठमाडौँ । लुम्बिनी प्रदेशका ७ जना विनाविभागीय मन्त्रीहरुले मन्त्रालयसहित्को जिम्मेवारी पाएका छन् । आज लुम्बिनी सरकारका मुख्यमन्त्री जोखबहादुर महराले ७ विनाविभागीय मन्त्रीलाई जिम्मेवारी दिएका हुन् ।

मुख्यमन्त्री महराले नेकपा एमालेका बाँकेका रत्नबहादुर खत्रीलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिएका छन् । आन्तरिक मामिला, कानुन तथा सन्चार मन्त्रालयको जिम्मेवारी एमालेका दिनेश पन्थीले पाएका छन,। त्यसैगरि मुख्यमन्त्री महाराले शहरी विकास तथा खानेपानी मन्त्रालयको जिम्मेवारी एमालेकै भुमिश्वर ढकाललाई दिएका हुन् ।

वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी अर्जुन केसीले पाएका छन् । यस्तै भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयको जिम्मेवारी नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरीले पाएका छन् । स्वतन्त्र सांसद खड्ग बस्नेतले पर्यटन  उद्योग तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

नेकपा एकीकृत समाजवादीकी भगवती अधिकारीलाई महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी पाएकी हुन् ।

त्यसैगरि यसअघि नै एमालेबाट चेतनारायण आचार्यले अर्थ र माओवादी केन्द्रका दीपेन्द्र पुनले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन् ।

 

 

 

 

 

प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  १७:४९
प्रतिक्रिया दिनुहोस्