नेपालगन्जबाट साढे ४ लाखको भन्सार छलीको अवैध सामान बरामद

बुधबार, वैशाख १२, २०८१

नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले साढे ४ लाखको भन्सार छलीको अवैध सामान बरामद गरेको छ ।

भारतबाट भन्सार छलेर ल्याइएको अन्दाजी ४ लाख ४६ हजार ८ सय रुपैयाँ बराबरका विभिन्न सामान प्रहरीले नेपालगन्ज-१६ जयसपुरबाट बरामद गरेको हो।

गस्तीमा रहेको प्रहरी टोलीले ती सामान फेला पारेको बाँके प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले बताउनुभयो । बरामद गरिएका सामानमा बच्चाको जुत्ता १ सय ६८ जोर, लेडिज मोजा दुई हजार जोर, बच्चाको चप्पल ३ सय २४ जोर, छालाको बेल्ड ४ सय २ वटा, पर्दा कपडा दुई सय मिटर, रेफ्रिजीनेट ग्याँस ५० पिस रहेका छन् ।

बरामद गरिएका सामानलाई नेपालगन्ज भन्सार कार्यालय बुझाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  १५:३६
प्रतिक्रिया दिनुहोस्