टी-२० खेल्न नेपाल आइपुग्यो वेष्ट इन्डिजको 'ए' टिम

बुधबार, वैशाख १२, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । दुई पटकको टी-२० विश्वकप विजेता वेष्ट इन्डिज क्रिकेट टोली टी-२० खेल्न पहिलोपटक नेपाल आइपुगेको छ।

नेपाली राष्ट्रिय टोलीसँग  शनिबारदेखि सुरु हुने ५ वटा टी-२० सिरिज खेल्न वेष्ट इन्डिज क्रिकेट आज काठमाडौं आइपुगेको हो। नेपाल आउने वेष्ट इन्डिज सबैभन्दा माथिल्लो स्तरको क्रिकेट टोली हो।

वेष्ट इन्डिजको सिनियर क्रिकेट टोलीमा रहेर खेलेका १२ जना खेलाडीहरुसहित नेपाल आइपुगेको वेष्ट इन्डिजको 'ए' टिमको कप्तानी रोस्टन चेजले गर्नेछन् ।  नेपाल र वेष्ट इन्डिजका सबै खेलहरु टियु कीर्तिपुर क्रिकेटमा हुनेछन् ।

वेष्ट इन्डिजले नेपालसँग सिरिजको पहिलो खेल शनिबार २७ अप्रिलमा खेल्नेछ। त्यसैगरि दोस्रो खेल अप्रिल २८, तेस्रो खेल मे १ मा हुनेछ। चौथो र पाचौं खेल क्रमशः मे २ र मे ४ मा हुने तालिका छ। 

वेष्ट इन्डिजको टोलीमा घातक ब्याटर जोनसज चार्ल्स, किमो पल जस्ता घातक बलर पनि नेपाल आइपुगेका छन् ।

वेस्ट इन्डिज ए टिममा रोस्टन चेस (कप्तान) एलिक एथानाजे (उपकप्तान), फेबियन एलन, कादिम एलीने, जोशुआ बिशप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क देयल, आन्द्रे फ्लेचर, म्याथ्यू फोर्ड, ओबेद म्याककोय, गुडाकेश मोटी, किमो पल, ओशाने थोमस र हेडेन वाल्श रहेका छन् । उनीहरु सबै वेष्ट इन्डिजको सिनियर टिमबाट खेलिसकेका छन् ।

आगामी टी-२० विश्वकप तयारीका लागि नेपाल र वेष्ट इन्डिजबीच खेल हुन लागेको हो।

 

 

प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  १५:१४
प्रतिक्रिया दिनुहोस्