नेपाल भ्रमण सकेर स्वदेश फर्किए कतारी राजा

बुधबार, वैशाख १२, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । नेपालको दुई दिने राजकीय भ्रमण सकेर कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी आज स्वदेश फर्किएका छन् । 

राष्ट्रपति रामचन्द्र पौडेल , उपराष्ट्रपति रामसहाय प्रसाद यादव , प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायत मन्त्रीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर कतारी राजा तमिमको बिदाइ गरेका हुन् । विदाइका अवसरमा नेपाली सेनाले राजा तमिमलाई सलामी अर्पण गरेको थियो।

मंगलबार दिउँसो काठमाडौं आएका अमिर तमिमको करिब २२ घण्टा नेपाल बसाईका कर्ममा राष्ट्रपति पौडेल र प्रधानमन्त्रीसँग छुट्टाछुट्टै भेटवर्ता भएको थियो। 

सो अवसरमा नेपाल र कतारबीच समझदारी र सम्झौता पत्रमा हस्ताक्षर भएका छन् ।

 

 

 

 

 

 

प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  १३:४९
प्रतिक्रिया दिनुहोस्