नेपाल र कतारबीच ८ सम्झौतामा हस्ताक्षर

बुधबार, वैशाख १२, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । नेपाल र कतारबीच द्विपक्षीय सहकार्यका लागिसमझदारी र  सम्झौतामा हस्ताक्षर भएको छ।

कतारी अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी नेतृत्वको टोली  र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली टोलीबीच होटेल सोल्टीमा सम्झौतामा हस्ताक्षर गरिएको हो।

कतारी अमिर शेख तमिम बिन र प्रधानमन्त्री प्रचण्डको उपस्थितिमा कतार र नेपालका कानुनमन्त्रीले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

विभिन्न ८ वटा विषयमा सम्झौता गरिएको छ। सम्झौतामा नेपाल र कतारबीचका सरकारी समाचार एजेन्सी,कुटनितिक तालिम , शिक्षा , युवा खेलकुद कला र संस्कृतिका क्षेत्रमा सहकार्य गर्ने सम्झौता गरिएको छ।

नेपाल उद्योग वाणिज्य महासंघ र कतारी चेम्बर अफ कमर्शबीच पनि दुई वटा सम्झौता भएका छन् । 

कतारका राजा आज दिउँसो नै स्वदेश फर्किन लागेका छन् ।

 

 

 

 

प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  १२:२५
प्रतिक्रिया दिनुहोस्