महिला विश्वकप फुटबल: अष्ट्रेलिया र न्यूजिल्याण्डको विजयी सुरुवात

बिहीबार, साउन ४, २०८०

काठमाडौं । ९ औं  महिला विश्वकप फुटबलमा  न्यूजिल्याण्ड र अष्ट्रेलियाको विजयी शुरुआत भएको छ। आजदेखि शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा न्यूजिल्याण्ड विजयी भएको हो । 

इडेन पार्कमा भएको खेलमा न्यूजिल्याण्डले नर्वेलाई हरायो । नर्वे १–० ले पराजित भयो । न्यूजिल्याण्डको जितमा हन्नाह विल्किन्सनले निर्णायक गोल गरिन् । विल्किन्सनले खेलको ४८ औं मिनेटमा गोल गरिन् ।

अर्को खेलमा अष्ट्रेलियाले आयरल्याण्डलाई हरायो । सिड्नी स्टेडियममा भएको खेलमा अष्ट्रेलिया १–० ले नै विजयी भयो । 

अष्ट्रेलियाको जितमा स्टेफनी क्याटलीले निर्णायक गोल गरिन् । क्याटलीले खेलको ५२ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरिन् ।

अष्ट्रेलिया र न्यूजिल्याण्डको संयुक्त आयोजनामा जारी विश्वकपमा ३२ टोलीको सहभागिता रहेको छ । यसअघिको ८ औं विश्वकपमा २४ राष्ट्र सहभागी थिए।विश्वकप अष्ट्रेलिया र न्यूजिल्याण्डले संयुक्त रुपमा आयोजना गरेका छन् ।

प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  २२:५६
प्रतिक्रिया दिनुहोस्