जनकपुरमा फेरि अर्का एक युवक झुण्डिएको अवस्थामा मृत भेटिए

बुधबार, वैशाख १२, २०८१

धनुषा । धनुषामा फेरि एक युवक झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । जनकपुरको पिडारी चोकमा रहेको नमुना होटेलको कोठा नम्बर २०४ मा एक युवक झुण्डिएको अवस्थामा मृत भेटिको जिल्ला प्रहरी धनुषाले जानकारी दिएको छ।

प्रहरीका अनुसार मंगलबार साँझ ७ बजे कोठा लिएका गणेशमान चारनाथ नगरपालिका-३ का २५ वर्षीय मित कुशियैत यादव गएराति ११ बजे झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

कोठाको खुल्लै रहेको अवस्थामा यादवलाई झुण्डिएको अवस्थामा मृत देखेपछि होटेल सन्चालकले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले यादवको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पुर्याएको जनाएको छ भने घटनाबारे थप अनुसन्धान सुरु गरेको छ।

मंगलबार दिउँसो मात्रै जनकपुरको रामानन्दचोकस्थित होटेल होलिडे एण्ड गेष्ट हाउसको कोठा नम्बर २०५ मा  झुन्डिएको अवस्थामा महोत्तरीको पिपरा गाउँपालिका-३१ वर्षीय हितेन्द्र पासवान र महोत्तरीकै लोहारपट्टि नगरपालिका-४ खटटाकी २५ वर्षीया प्रियंका कापर मृत फेला परेका थिए।

 

 

 

प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  ०९:५६
प्रतिक्रिया दिनुहोस्