कतारी अमिर र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता हुँदै, आजै विभिन्न विषयमा सम्झौता गरिदैँ

बुधबार, वैशाख १२, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । नेपाल र कतारबीच आज विभिन्न विषयमा सम्झौता हुँदैछन् । नेपालको दुई दिने राजकीय भ्रमणमा आएका कताका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले भेटवार्ता गर्दैछन् । 

दुबैको भेटवार्ताका पश्चात् अमिर तमिम र प्रधानमन्त्री प्रचण्ड  द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हुने कार्यक्रममा पनि सहभागी हुने बताइएको छ। 

कतारी अमिर राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा मंगलबार दिउँसो नेपाल आएका थिए। उनी आजै कतार फिर्ता हुनेछन् ।

 

 

 

प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  ०७:३२
प्रतिक्रिया दिनुहोस्