प्रेमप्रकाशको ‘ससुरालीमा’

बुधबार, वैशाख १२, २०८१

लुम्बिनी । लोक तथा आधुनिक गायक प्रेमप्रकाश वलीले बजारमा  ‘ससुरालीमा’ नामक नयाँ सिर्जना  पस्केका छन् ।

शब्द संकलन र संगीतमा समेत खारिएका गायक वलीले ‘ससुरालीमा नौमती बजाउँछु यसैपालीमा’ सार्वजनिक गरेका हुन् । २०५७ सालमा रेडियो नेपालको स्टुडियोमा आधुनिक गीत रेकर्ड गराएका गायक वलीले २०६४ सालमा रेडियो नेपालबाट आधुनिक गायकबाट स्वर परीक्षणमा पास गरी रेडियो नेपालको क श्रेणीको गायक बन्न पुगेका थिए । 

एकलदेखि अन्य गीतहरु गरी हालसम्म २ सयभन्दा बढी रेकर्ड गराईसकेका उनले नेपालको पहिलो राष्ट्रपति डा. रामवरण यादवबाट लोकतान्त्रिक गायकमा सम्मानित समेत भइसकेका वलीले धेरै अवार्ड समेत हात पारिसकेका छन् ।  

रोल्पाको जुँगारमा जन्मिए बाल्यकाल रोल्पामै बिताएका वली युवावस्था दाङको तुलसीपुर स्थित टरिगाउँमा बिताए । जिल्लाको सदरमुकाम घोराहीमा रहेका पहिलोे रेडियो स्वर्गद्धारीमा चलाएको कार्यक्रम स्मृतिका पलहरुले उतिकै चर्चा बटुल्न पुगेका थिए । रेडियो कार्यक्रमबाट चर्चा बटुलेका वली युवायुवतिहरुको लोकप्रिय बनेका थिए । जादुमय स्वरका धनि वलीले ओखर काँचो छ, आज मिलनको रात छ, बर्षौ पुरानो साथ छ, र तिम्रो यादमा भित्र भित्र जलि जलि बाँचेको छु, यस्तै हो जीवन चोला बाँचुञ्जेल हाँसौ खेलौ भोली खै के होला रु यसअघि निकालिएका एल्वमहरुले चर्चा पाएका थिए ।  कि झलिको आउँदैन र माया लगायत गितहरुले मन चुम्न पुगेका थिए ।           

गीत दुई दिन अगाडि मात्रै ओएसआर च्यानलबाट रिलिज भएको ससुरालीमा बिपिन आचार्य, उषा उप्रेती, बिबेक खड्का, उदीराम खड्का र अजय रेग्मीले सघाएका छन् । भने गायिकाको भूमिकामा चर्चित गायिका माण्डबी त्रिपाठीले साथ दिएकी छिन् । गायव वली शास्त्रीय संगीतको विद्यार्थी समेत हुन् ।  नेपाल टेलिकमको विज्ञापनमा पनि स्वर संकेत गरिसकेका उनको लोकदेखि आधुनिक सबै खाले गीतले बजार तताएको पाइन्छ । 

प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  ०७:११
प्रतिक्रिया दिनुहोस्