लोकतन्त्र दिवसमा नेपालगन्जको वीपी चोकमा कांग्रेसको दीप प्रज्वलन

मंगलबार, वैशाख ११, २०८१
Neuro hospital Nepalgunj

नेपालगन्ज । १८औं लोकतन्त्र दिवसका अवसरमा नेपाली कांग्रेस बाँकेले  नेपालगन्ज दीप प्रज्वलन गरेको छ । विपी चोकमा आयोजित दीप प्रज्वलन कार्यक्रममा महामानव वीपी कोइरालाको शालिकमा माल्यार्पण समेत गरिएको छ । कार्यबहाक सभापति गोपालप्रसाद अधिकारीले माल्यार्पण गरेका थिए ।

कार्यबहाक सभापति अधिकारीको सभापतित्व एवम् केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीको प्रमुख आतिथ्यतामा सम्पन्न दीप प्रज्वलन कार्यक्रममा संविधानसभा सदस्य अब्दुल हमिद सिद्दिकी (भोला), पार्टी उपसभापति कृष्णबहादुर कार्की, सहसचिव रेणु सिंह ठाकुर, कोषाध्यक्ष यज्ञबहादुर बस्नेत, क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रमेश कुमार गुप्ता, लुम्बिनी प्रदेशसभा सदस्य सुशिला नेपाली लगायत नेता कार्यकर्ताहरुको उपस्थिति थियो ।

कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य बाल्मिकीले नेपालमा उन्नत लोकतन्त्रको अभ्यास भइरहे पनि नागरिकको अनुभूतिलाई बुझेर दलहरुले आफ्ना क्रियाकलाप अगाडि बढाउनुपर्नेमा जोड दिए । ब्यवस्था परिवर्तन पश्चात नागरिकको अवस्था परिवर्तन भए नभएको विषयले महत्व राख्ने भन्दै उनले लोकतन्त्रको गरिमा जोगाउन सचेत हुनुपर्ने बताए ।

संविधानसभा सदस्य सिद्दिकीले लोकतन्त्रको विकल्प लोकतन्त्र नै हुने भन्दै नागरिक तहमा निराशा उत्पन्न हुन दिनु नहुने बताए । कार्यक्रमको सञ्चालन सचिव सुधांशु कोइरालाले गरेका थिए । 

 

प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  २०:५३
प्रतिक्रिया दिनुहोस्