गहुँ काट्ने बेला जंगली बँदेलले आक्रमण गर्दा ७ जना घाइते

मंगलबार, वैशाख ११, २०८१

दैलेख । गहुँ काट्ने बेलामा जंगली बँदेलले एक्कासी आक्रमण गर्दा ७ जना घाइते भएका छन् ।

दैलेखको भैरवी गाउँपालीका -६ स्थित एक गाउँमा गहुँ काटिरहेको बेला बँदेलको आक्रमणबाट ७ जना घाइते भएको दैलेख प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार आज दिउँसो  बँदेलको आक्रमणबाट सोही वडाका  ४३ वर्षीय गणेश सिजाली गम्भीर घाइते भएका छन् ।

आक्रमणबाट  तर्कबहादुर पुनमगर, २३ वर्षीय लक्ष्मण पुनमगर, ३३ वर्षीय रत्नबहादुर बराल, १२ वर्षीय तिलक पौडेल, १४ वर्षीय पुर्णबहादुर सिजालीमगर र ६८ वर्षीय जयबहादुर थापामगर सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।

प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  १९:५०
प्रतिक्रिया दिनुहोस्