कतारका राजा नेपाल आइपुगे

मंगलबार, वैशाख ११, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी पहिलोपटक  नेपाल अवतरण भएका छन् ।

आफ्नो निजी जहाजमा राजा शेख तमिम बिन हमाद बंगलादेशबाट सिधै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ३ बजेर ३५ मिनेटमा अवतरण गरेका हुन् ।

उनको जहाज अवतरण हुनुअघी ३ बजेदेखि विमानस्थलका सबै उडान बन्द गरिएको थियो। त्यसअघि उनी साढे ४ बजे अवतरण गर्ने भएको बताउदै साढे ४ बजेदेखि ५ बजेसम्म विमानस्थल बन्द गर्ने जनाइएको थियो।

नेपालको दुई दिने भ्रमणका अएका कतारी राजाका साथ कतारका मन्त्रीहरु पनि भ्रमण दलमा सहभागी छन् । राजा तमिम बुधबार फर्किनेछन। 

 

 

 

प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  १६:२२
प्रतिक्रिया दिनुहोस्