बिदाका बारेमा आलोचना भएपछि यस्तो भन्छन् रवि लामिछाने ....

मंगलबार, वैशाख ११, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । कतारका अमिर (राजा) नेपाल भ्रमणमा आउँदा सरकारले सार्वजनिक बिदा दिएपछि आलोचना भएका गृहमन्त्री रवि लामिछानेले आफ्नो बचाउ गर्दै तर्क गरेका छन् ।

यसअघि अन्य विदेशी राष्ट्र प्रमुख नेपालमा बिदा दिइएको बारेमा विरोध गर्दै हिड्ने रवि लामिछानेले भने यसपटक आफैं सरकारमा भएकाले उनले फेसबुकमार्फत भनेका छन् -" विगतका कयौं निर्णय र परम्परा  छन् जसलाई नितिगत निर्णय गरि सच्याउनु पर्छ।" 

सन् २०१६ मा चिनियाँ राष्ट्रपति नेपाल भ्रमणमा आउँदा चर्को विरोध गरेका रविको फेसबुक स्ट्याटसको स्क्रीनसट भाइरल भएर आलोचना भएपछि सत्तामा रहेका उनले यसो भनेका हुन् । 

उनको सन् २०१६ को स्ट्याटसको

के भनेका उनले आज?

विगतका कयौं निर्णय र परम्परा  छन् जसलाई नितिगत निर्णय गरि सच्याउनु पर्छ। अनावश्यक विदा, "भिआइपी सवारी" का नामको नागरिकले पाउने सास्ती, करोडौं खर्च गरेर दिइने पदक सम्मान, आम माफीका नाममा  पहुँच वाला अपराधीलाई मात्र छुट,सुरक्षाकर्मी हरुलाई कामदार बनाउने परम्परा, केहि भुतपुर्वहरुलाई दिइदै आएको अभुतपुर्व सुबिधा लगायतका तमाम विषयमा  पदबाहल गरेको दिन देखि नै लगातार काम गरिरहेको छु।  रिजल्ट आउदैछ। तर विधि नै नफेरीकन कुनै ब्यक्ती, देश वा घटना हेरेर फरक फरक निर्णय गरिनु कुटनैतिक, राजनैतिक र बैधानिक हिसाबले सहि हुन्न। जे कुरा हिजो गलत भनिएको थियो त्यो आजपनि गलत नै हो, हिजोका अभिव्यक्तिहरुको गोताखोरी गर्नै पर्दैन। तर तीन दशकका अभ्यासहरुलाई सच्याउन समय त लाग्छ। धेरै काम हुदैछन्, थोरै धैर्य गरिदिनु भए पुग्छ। 

विश्व अर्थराजनीतिमा नयाँ मानक स्थापित गर्दै रहेको, हाम्रा लाखौ युवाहरूलाई रोजगारीको अवसर दिइरहेको र नेपाल सँग ऐतिहासिक कुटनैतिक सम्बन्ध स्थापित भएको मित्र राष्ट्र कतारका अमिर शेख तमिम बिन हमाद अल थानी लाई नेपालमा ससम्मान स्वागत गर्दछु। 

लोकतन्त्रमा आफ्नो देशको नेतालाई नागरिकले आफ्ना कुरा मज्जाले भन्न पाउनु पर्छ। चासोका साथ प्रश्न र खबरदारी गरिदिनु हुने सबै प्रती आभार। 

लोकतन्त्र  दिवसको सबैलाई शुभकामना।

प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  १५:११
प्रतिक्रिया दिनुहोस्