त्रिभुवन विमानस्थल भन्सार गोदामबाट ६ वटा कार्टुन बरामद, सुन भएको आंशका

बिहीबार, साउन ४, २०८०

काठमाडौं । राजस्व अनुसन्धान बिभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको गोदामबाट रेडी ट्रेडर्सले पठाएका थप ६ वटा कार्टुन बरामद गरेको छ।

अरु पनि सुन आएको सूचना पाएर आज दिनभर विमानस्थलको भन्सार कार्यालय परिसरमा सुनको खोजी गरिरहेको विभागले आज साँझ ती ६  कार्टुन फेला पारेको जनाएको छ। 

बरामद गरिएको १ क्विन्टल सुनलाई आयात गरेकै  कम्पनीले ल्याएका ती कार्टुनभित्र सुन भएको हुन सक्ने आशंकामा विभागले नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिएका ६ कार्टुनलाई राजस्व अनुसन्धान विभागले सिलबन्दी गरेर विभागको कार्यालय हरिहर भवन पठाएको छ।

उतै लिएर कार्टुन खोलेपछि मात्रै यथार्थ कुरा बाहिर आउने बिभागले जानकारी दिएको छ।

 

 

 

प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  १९:३६
प्रतिक्रिया दिनुहोस्