कतारका राजा आज नेपाल आउँदै

मंगलबार, वैशाख ११, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । कतारका अमिर (राजा) दुई दिने भ्रमणका लागि आज नेपाल आउँदैछन् । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणा कतारका अमिर शेख तमिम बिन हमाद अल थली आज साँझ काठमाडौं आइपुग्ने भएका छन् ।

अमिर शेख तमिललाई स्वागत गर्न राष्ट्रपति स्वयम् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जानेछन् । कतारी अमिरलाई नेपाली सेनाले २१ तोपको सलामीसमेत दिने परराष्ट्र मन्त्रालयले जनाएको छ। 

नेपाल भ्रमणका क्रममा अमिर शेख तमिमलाई सेनाको सुरक्षा प्रदान गर्ने भएको छ। आज सरकारले उनको स्वागतमा देशभर सार्वजनिक बिदा समेत दिएको छ।

कतारी राजाहरुको इतिहासमै पहिलोपटक नेपाल भ्रमण हुन लागेको हुँदा विशेष स्वागत गर्ने तथा भ्रमणका क्रममा विभिन्न विषयमा सम्झौता हुने बताइएको छ।

 

 

 

 

प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  ०९:०९
प्रतिक्रिया दिनुहोस्