बर्दिबासको कालापानी जंगलमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमान्-श्रीमतीको मृत्यु

सोमबार, वैशाख १०, २०८१

महोत्तरी । महोत्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एक पुरुष र महिलाको मृत्यु भएको छ। 

आज महोत्तरीको बर्दिबास नगरपालिका-२ कालापानीको जंगलमा बा.प्र.०२-०४३प ७१८४ नम्बर नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सर्लाहीको ईश्वरपुर नगरपालिका-५ ३५ वर्षीय मनोज चौधरी र २४ वर्षीया शिवानी चौधरीको मृत्यु भएको महोत्तरी प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मृतकहरु श्रीमान्-श्रीमती हुन् ।

मोटरसाइकल दुर्घटनामा परेर गम्भीर घाइते दुबै जनाको उपचारका क्रममा अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

 

 

 

 

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  १८:५८
प्रतिक्रिया दिनुहोस्