भ्रष्टाचारको आरोपको सफाइ पाएपछि अर्थ मन्त्रालयमै फर्किए सचिव मरासिनी

सोमबार, वैशाख १०, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । भ्रष्टाचार मुद्दामा सफाइ पाएपछि सचिव मधु मरासिनीलाई सरकारले अर्थ मन्त्रालयमा सरुवा गरेको छ।

सरकारले बजेट निर्माणकै क्रममा अर्थसचिवका रुपमा मरासिनीको सरुवा गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले मधु मरासिनीलाई अर्थसचिव बनाएको हो ।

मरासिनीमाथि नेशनल पेमेन्ट गेटवे खरिद प्रकरणमा भ्रष्टाचारको आरोप लागेको थियो । उनले यस प्रकरणमा सफाइ पाएका थिए ।

सरकारले हाल अर्थसचिव रहेका कृष्णहरि पुस्करलाई प्रधानमन्त्रीको कार्यालयमा सरुवा गरेर मरासिनीलाई ल्याएको हो ।

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  १५:१६
प्रतिक्रिया दिनुहोस्