नेपाल आउँन लागेका कतारी राजाको सुरक्षाको जिम्मा सेनालाई

सोमबार, वैशाख १०, २०८१

काठमाडौं । कतारका अमिर (राजा) को इतिहासमै पहिलोपटक नेपालमा राजकीय भ्रमण हुँदैछ। कतारी कतारी अमिर शेख तमिम बिन हमाद अल थानी दुई दिने नेपाल भ्रमणका लागि भोलि (मंगलबार ) आउँदैछन् ।

पहिलो पटक नेपाल आउन लागेका उनी भोलि साँझ ५ बजे काठमाडौँ अवतरण हुनेछन्  । नेपालको राजकीय भ्रमणमा आउँन लागेका अमिर शेख तमिमको सुरक्षाको सम्पुूर्ण जिम्मा सेनाले पाएको छ।

नेपाल आएपछि शेख तमिम होटल सोल्टीमा विश्राम गर्ने कार्यक्रम रहेको छ । उनी विश्राम गर्ने होटेलमा सेनाले सुरक्षाको प्रवन्ध गरिसकेको छ। 

सरकारलेसमेत भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले भोलि नेपाल आउन लागेका राजाको राजकीय भ्रमणको अवसरमा सार्वजनिक बिदा दिएको हो । 

अमिरको यो भ्रमणबाट कतार र नेपालबीचको आत्मीय सम्बन्ध अझ सुमधुर हुनुका साथै पारस्परिक सहयोग एवं सहकार्यका क्षेत्र विस्तारमा मद्दत पुग्ने नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अल अन्सारीले बताए । भ्रमणका क्रममा दुई देशबीचको श्रम सम्झौतालाई परिस्कृत गर्नेलगायत विषयलाई उच्च प्राथमिकतामा राखिएको बताइएको छ । 

 

 

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  १४:४१
प्रतिक्रिया दिनुहोस्