भोलि देशभर सार्वजनिक बिदा

कतारका राजा भोलि नेपाल आउँदै
सोमबार, वैशाख १०, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । भोलि देशभर सार्वजनिक बिदा दिइएको छ। सरकारले  कतारका अमिर (राजा) शेख तमिम बिन हमाल अल थानीको नेपाल भ्रमणका क्रममा भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको हो । 

भोलिदेखि दुई दिने नेपाल भ्रमणमा आउन लागेका कतारका राजा अमिरले मंगलवारबाट गर्ने नेपाल भ्रमणको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

कुनै पनि विदेशी राष्ट्रका प्रमुख नेपाल भ्रमणमा आउँदा सरकारले यसअघि पनि बिदा दिदै आएको छ। कतारका राजाको भ्रमणमा विभिन्न सम्झौताहरू गरिने मन्त्रिपरिषद् बैठक निर्णय गरेको छ । 

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  १३:४२
प्रतिक्रिया दिनुहोस्