ताप्लेजुङमा आगलागी हुँदा लाखौं रुपैयाँको क्षति

सोमबार, वैशाख १०, २०८१

ताप्लेजुङ । ताप्लेजुङमा एक स्थानीयको घरमा आगलागी हुँदा लाखौँ रुपैयाँको क्षति भएको छ ।

जिल्लाको मिक्वाखोला गाउँपालिका-५, चिलिमे गाउँमा लामा नुर्प शेर्पाको घरमा आगलागी हुँदा १३ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ । भान्सा कोठामा आगो बाल्ने क्रममा आगलागी हुँदा सो क्षति भएको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कमलकुमार लुंगेलीका अनुसार  भान्सा कोठामा आगो बाल्ने क्रममा लागेको आगोले २ तले घर पूर्णरुपमा नष्ट भएको छ । आगलागीबाट अन्नपात, लत्ताकपडा, भाँडावर्तन, काठपात र नगद २० हजार रुपैयाँ नष्ट भएको छ ।

ताप्केगोला प्रहरी चौकीबाट गएको प्रहरी टोली तथा स्थानीयले आगो निभाएका थिए ।

 

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  ११:५४
प्रतिक्रिया दिनुहोस्