माधव नेपालले भने - गठबन्धन ओल्टेकोल्टे गर्दैछ, कति दिनसम्म टिक्ने हो भन्न सक्दिनँ

सोमबार, वैशाख १०, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं ।  नेकपा एकीकृत समाजवादी (एस) का अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धन ओल्टेकोल्टे गरिरहेको  संकेत गरेका छन् ।  वर्तमान गठबन्धनमा आफूहरूले सहजता महसुस नगरेको भन्दै गठबन्धन तलमाथि हुनसक्ने आशंका नेपालले  व्यक्त गरेका हुन् । 

वर्तमान सत्ता गठबन्धन कति दिन टिक्ने हो भन्ने प्रश्न उठेको बताउँदै नेपालको राजनीति जटिल रहेको बताए। उनले छोटो समयमा गठबन्धन फेरिरहेको भन्दै उनले वर्तमान सत्ता गठबन्धन कति दिन टिक्छ ? भन्ने प्रश्न उठिरहेका भन्दै गठबन्धन लामो समयसम्म जानेमा आशंका व्यक्त गरे । उनले अहिलेको गठबन्धनको परिस्थिति सहज नरहेको जिकिर गरे । कसैका धाक, धम्की, कसैका गालीगलौज सुन्नका लागि आफूहरू राजनीतिमा नआएको बताए । 

नेता नेपालले भने, ‘नेपालको राजनीति जटिल छ । छोटो समय भित्र गठबन्धन ओल्टेकोल्टे गरेको छ । कति दिनसम्म यो गठबन्धन टिकिरहने हो भन्ने प्रश्न उठेको उठ्यै छ । त्यसको सबै जवाफ त हाम्रो सम्माननीय प्रधानमन्त्रीज्युले दिनुहुनेछ । मैले दिन सक्दिन । तर पनि अलिअलि भन्न सक्छु । परिस्थिति सहज छैन । हामी सहज मानिरहेका छैनौँ । सहज अवस्थामा आफूलाई अनुभूत गरिरहेका छैनौँ । कसैका धाक, धम्की, कसैका गालीगलौज सुन्नका लागि हामी राजनीतिमा आएका होइनौँ, समाजमा जन्मिएका होइनौँ, राजनीतिमा लागेका होइनौँ । कसैको दास बन्ने हाम्रो नियत होइनौँ ।’

केही समय अघि प्रदेश सरकारलाई लिएर एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालमाथि टिप्पणी गरेका थिए । 

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  ११:०८
प्रतिक्रिया दिनुहोस्