नेपालगन्जको बालेगाउँमा गाई काटिएको अवस्थामा भेटियो

आइतबार, वैशाख ९, २०८१

नेपालगन्ज । नेपालगन्जको सशस्त्र प्रहरी बलको कार्यालय नजिक बालेगाउँमा गाई काटिएको अवस्थामा फेला परेको छ ।

नेपालगन्ज वडा नम्बर १४ बालेगाउँका श्रवणकुमार सिंहको पाँच महिनाको गर्भवती गाई काटिएको अवस्थामा भेटिएको हो । गाई काटेर मासु लिएर गएको आशंका गरिएको छ । शनिवार मध्यरातमा चोरी भएको गाई आज विहान काटिएको अवस्थामा भेटिएको हो । गोठमा बाँधिएको गाई विहान नदेखिएपछि  खोज्दै जाँदा गाई काटेर मासु लिएर गएको अवस्थामा भेटिएको सिंहले बताए ।

नेपालगन्ज उपमहानगर प्रमुख प्रशान्त विष्ट, बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल, बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्की, वडा नम्बर १४ का अध्यक्ष मजहर अली साई, वडा नम्बर ८ का वडा अध्यक्ष रजनीश बाजपायी लगायत घटनास्थल पुगेका थिए । 

घटनास्थल पुगेका उनीहरुको रोहवरमा काटिएको गाईलाई जेसिभी लगाएर पुरिएको थियो ।

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  २१:५२
प्रतिक्रिया दिनुहोस्