बसपार्कबाट झण्डै ३ लाखको अवैध सामान बरामद

आइतबार, वैशाख ९, २०८१

नेपालगन्ज । जिल्ला प्रहरी बाँकेले भन्सार छ्लीको करिब ३ लाख बराबरको सामान बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले नेपालगन्ज-४ बसपार्कस्थित गोविन्द महतको घर अगाडि भारतबाट आज दिउँसो  भन्सार छलेर चोरी निकासी पैठारी गरी ल्याइएको चामल २५ केजीको ८५ बोरा, चिनी २५ केजीको ९१ बोरा, चकलेट ५ बोरा, डिजिटल तराजु १ थान र बोरा सिलाउने मेसिन १ थान बरामद गरेको हो । 

ती सामानको अन्दाजी मूल्य २ लाख ९२ हजार २ सय ५० रहेको बाँके प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले बताए ।

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  १७:३१
प्रतिक्रिया दिनुहोस्