उच्च शिक्षामा पहुँच विस्तार गर्न सुदूरपश्चिम विश्वविद्यालयले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ: प्रधानमन्त्री

आइतबार, वैशाख ९, २०८१
Neuro hospital Nepalgunj

महेन्द्रनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले इजरायल- प्यालेस्टाइनी विद्रोही समूह हमास युद्दमा हमासको बन्धक रहेका नेपाली विद्यार्थी विपीन जोशीलाई नेपाल सकुशल फिर्ता ल्याउन सरकारले गम्भीरताका साथ कुटनीतिक पहल गरिरहेको बताएका छन् ।

सुदूूरपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै आज विश्वविद्यालयका कुलपति समेत रहेका   प्रधानमन्त्री प्रचण्डले प्यालेस्टाइनी विद्रोही हमासको आक्रमणबाट नेपाली विद्यार्थीले ज्यान गुमाएको घटनाप्रति दुखेसो व्यक्त गरे।

प्रधानमन्त्री प्रचण्डले भने- " यस सुदूूरपश्चिम विश्वविद्यालयको कृषिविज्ञान संकायबाट 'सिक्दै कमाउँदै 'कार्यक्रमअन्तर्गत इजरायल गएका बेला हाम्रा नेपाली विद्यार्थीहरु हमासको आक्रमणमा परेर ज्यान गुमाएको घटनाले मलाइ निकै पिडा दिनुका साथै त्यस आक्रमणको घटनामा परेर ज्यान गुमाउने विद्यार्थीहरुप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु ।"

प्रधानमन्त्रीले हमासको आक्रमणमा परेर घाइते भएका तथा प्रभावित विद्यार्थीहरुलाई यथाशीघ्र नेपाल फिर्ता ल्याउन र ज्यान गुमाएका विद्यार्थीहरुको शव फिर्ता ल्यान सरकारले निर्वाह गरेको भूमिका तदारुकताका साथ लागेको बताए।

अब सरकारले हमासको बन्धक बनेका विपीन जोशीलाई सकुशल नेपाल फिर्ता ल्याउन आवश्यक कुटनीतिक पहल गरिरहेको बताउँदै उनको अवस्था अझै अज्ञात रहेको हुँदा फिर्ता ल्याउन मुस्किल भइरहेको प्रधानमन्त्रीले बताए।

त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले मुलुकमा अर्थतन्त्र रुपान्तरण गर्नका लागि वैज्ञानिक एवं प्राविधिक जनशक्ति आवश्यक पर्ने बताए । यस प्रदेशमा नागरिकको उच्च शिक्षामा पहुँच विस्तार गर्न विश्वविद्यालयले महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउँदै विभिन्न गुणस्तरीय जनशक्ति उत्पादन गर्दै मुलुकमा आवश्यकता अनुसार दक्ष जनशक्तिको खाँचो पूरा गर्न विश्वविद्यालयले सहयोग गरेको प्रधानमन्त्रीले भने।

 

 

 

 

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  १६:३५
प्रतिक्रिया दिनुहोस्