एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा आज समूहगत छलफल हुँदै

आइतबार, वैशाख ९, २०८१

काठमाडौं । नेकपा एमालेको महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकको दोस्रो दिन अर्थात आज विभिन्न प्रतिवेदनमा समूहगत छलफल हुँदैछ।

लतिलपुरको गोदावारीमा शनिबारदेखि जारी बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक, महासचिव शंकर पोखरेलको साङ्गठनिक प्रतिवेदन र केन्द्रीय निकायका प्रतिवेदनमा छलफल गर्ने कार्यसूची छ । 

परिषद् बैठकमा केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा पुष्पराज कँडेल, केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा.विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहराका प्रतिवेदनमा छलफल हुनेछ ।

२ हजार चार ४५४ प्रतिनिधि सहभागी बैठकका माध्यमबाट एमालेले आफूलाई शुद्धीकरण र सुदृढीकरण गर्दै पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिमा रुपान्तरणका लागि चाल्नुपर्ने कदमबारे कार्ययोजना बनाउने पार्टीको केन्द्रीय प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । प्रत्येक समूहमा ४ सयसम्म सहभागी रहने गरी प्रबन्ध गरिएको छ । 

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  १०:१५
प्रतिक्रिया दिनुहोस्