कोहलपुरमा हाइसको ठक्करले महिलाको मृत्यु

शनिबार, वैशाख ८, २०८१

नेपालगन्ज । बाँकेमा हाइसको ठक्करले एक जना महिलाको मृत्यु भएको छ।

नेपालगन्जबाट  पश्चिमतर्फ जाँदै गरेको सु.प. प्र.०२ ००१ ख १२९१ नम्बरको हाइसले कोहलपुर- ८ पिपरी नजिकै आज साँझ ठक्कर दिँदा सोही वडाकै पैदलयात्री ३३ वर्षीया लालसरी बुढा मगरको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

ठक्कर दिने हाइस र चालक इलाका प्रहरी कार्यालय कोहलपुरको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: शनिबार, वैशाख ८, २०८१  २१:४०
प्रतिक्रिया दिनुहोस्