गण्डकीमा हरिबहादुरलाई अर्थ र दीपक मनाङेलाई भौतिक मन्त्रालयको जिम्मेवारी

शनिबार, वैशाख ८, २०८१
Neuro hospital Nepalgunj

पोखरा । गण्डकी सरकारका मुख्यमन्त्री खगराज अधिकारीले बिनाविभागीय मन्त्री राजीव गुरुङ 'दीपक मनाङे' र हरिबहादुर चुमानलाई मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

गण्डकीको आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले दीपक मनाङेलाई भौतिक पूूर्वाधार तथा यातायात मन्त्रालय र हरिबहादुरलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

चैत २५ गते नेकपा एमालेका २२, सभामुखसहित माओवादी केन्द्रका ८ र स्वतन्त्र सांसद दीपक मनाङेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएकै दिन अधिकारीले मनाङे र चुमानलाई बिनाविभागीय मन्त्री नियुक्त गर्दै ३ सदस्यीय मन्त्रिपरिषद् बिस्तार गरेका थिए 

चुमानले आइतबार मात्रै कार्यभार सम्हाल्ने बताइएको छ। अर्थमन्त्रीको जिम्मेवारी पाएका चुमान काठमाडौं रहेको हुँदा उनले आइतबारदेखि  मन्त्रालयको जिम्मेवार सम्हाल्ने छन् । दीपक मनाङेले यसअघिको नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री हुँदा पाएको मन्त्रालयनै पाएका हुन् ।

प्रकाशित मिति: शनिबार, वैशाख ८, २०८१  १०:२२
प्रतिक्रिया दिनुहोस्