पूर्वी सिरियामा आईएसको आक्रमणमा ६ सैनिकसहित २८ जनाको मृत्यु

शनिबार, वैशाख ८, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । ईस्लामिक स्टेट (आईएस) को आक्रमणमा २८ जनाको मृत्यु  भएको छ । सिरियाको मरुभूमि क्षेत्रमा दुई पटक आईएसले गरेको आक्रमणमा २८ जनाले ज्यान गुमाएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

आईएसले सिरियाको मध्य प्रान्त होम्सको पूर्वमा पर्ने मरुभूमि क्षेत्रमा गरेको भयंकर आक्रमणमा सरकार समर्थक लडाँकु दल "अल-कुद्स ब्रिगेड" का २२ जना मारिएको अन्तर्राष्ट्रिय मानव अधिकारवादी संगठनहरुले जनाएका छन् ।

त्यस्तै आईएसले पूर्वी सिरियाको अल-बुकामालको ग्रामीण क्षेत्रमा रहेको सरकारी सैनिक बटालियनमा गरेको अर्को   आक्रमणमा ६ जना सिरियाली सेनाको ज्यान गएको बताइएको छ ।

आईएसले त्यस मरुभूमि क्षेत्रमा गरेको आक्रमण सन् २०२४ सुरु भएयता हालसम्म ३२९ जनाले ज्यान गुमाइसकेको सिरियाली मानव अधिकारवादी संगठनले जनाएका छन् ।

 

 

 

 

प्रकाशित मिति: शनिबार, वैशाख ८, २०८१  ०९:४६
प्रतिक्रिया दिनुहोस्