बरामद भएको सुन जोख्न नेपाल राष्ट्र बैंक पठाइयो

बिहीबार, साउन ४, २०८०

काठमाडौं । राजस्व अनुसन्धान विभागले बरामद गरेको करिब १ क्विन्टल सुन जोख्न राष्ट्र बैंक पठाएको छ। 

बरामद गरेको सुनलाई केहिबेर अघि विभागले बबरमहलमा रहेको नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा पठाएको हो। 

मंगलबार हङकङबाट मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर ल्याइएको उक्त १ क्विन्टल सुनलाई  बुधबार भन्सार जाँचपास गरेर टयाक्सीमा बाहिरिसकेको सुनलाई सिनामंगलबाट राजश्व अनुसन्धान विभागले बरामद गरेको हो।

सुन प्रकरणमा ६ जना पक्राउ परिसकेका छन् ।

प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  १२:०५
प्रतिक्रिया दिनुहोस्