त्रिभुवन विमानस्थलबाट फेरि सुन बरामद, ८५० ग्राम सुनसहित भारतीय महिला पक्राउ

शुक्रबार, वैशाख ७, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन बरामद भएको छ। आज दिउँसो २ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेकी भारतीय महिला सहिना प्रभिनलाई विमानस्थल प्रहरीले ८५० ग्राम सुनसहित पक्राउ गरेको हो।

प्रभिनले २ वटा प्लाष्टिकको पोका बनाएर अन्डवेयरभित्र लुकाएर ल्याएको अवस्थामा आगमन टनेल गेटबाट सुनसहित पक्राउ गरेको विमानस्थल प्रहरीले जानकारी दिएको छ।

बुधबार बिहान पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयर इण्डिगोबाट प्रहरीले १ किलो सुन बरामद गरेको थियो।

 

 

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  १५:४३
प्रतिक्रिया दिनुहोस्