एसिसी प्रिमियर कपको सेमिफाइनलमा नेपाल यूएईसँग ६ विकेटले पराजित

शुक्रबार, वैशाख ७, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । ओमानमा जारी एसिसी प्रिमियर कप २०२४ को सेमिफाइनलमा नेपाल यूएईसँग पराजित भएको छ। यूएईले नेपाललाई ६ विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ। यो हारसँगै नेपालको फाइनल पुग्ने सपना चकनाचुर भएको छ।

टस हारेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै ११९ रन बनाएको हो। यूएईले गरेको जवाफी ब्याटिङमा ४ विकेट गुमाएर १७.२ ओभरमा  १२३ रन बनायो।

यूएईका लागि अलिसान सराफुले सर्वाधिक ५५ रन बनाए। नेपालका लागि गुल्शन झाले २ तथा सोमपाल कामी र ललित राजवंशीले१-१ विकेट लिए। त्यस्तै करण केसीले १७ रन बनाएका हुन् ।

नेपालले गरेको ब्याटिङ सन्दीप जोराले सर्वाधिक ५० रन बनाए भमे गुल्शन झाले २० रन जोडेका थिए।यूएईका जुनेद सिद्दिकीले २, अलि नासिरले २, बसिलले २ र ओमिद शफी रहमान, आयन अफ्जल खान र मोहमद फारुकले १-१ विकेट लिएका हुन् ।

जारी प्रिमियर कपमा नेपाल ४ खेलमा अपराजित टोली रहदै सेमिफाइनलमा प्रवेश गरेको थियो  भने यूएई ४ खेल मध्ये ३ खेल जित्दै सेमिफाइनलमा पुगेको हो। नेपालले समूह चरणको खेलमा मलेसियालाई ५ विकेट , कतारलाई ३२ रन, हङकङलाई ८ तथा साउदी अरेबियालाई ६ विकेटले पराजित गरेको थियो।

गत वर्षको एसिसी प्रिमियर कपमा घरेलु मैदानमा नेपालले   यूएईलाई हराउँदै एसिया कपमा छनौट भएको थियो।

फाइनल विजेता राष्ट्र आगामी एसिया कपमा सिधै छनौट हुनेछ। 

 

 

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  १५:१३
प्रतिक्रिया दिनुहोस्