एसिसी प्रिमियर कप सेमिफाइनल: नेपाल र यूएई भिड्दै

शुक्रबार, वैशाख ७, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । ओमानमा जारी एसिसी प्रिमियर कप २०२४ को सेमिफाइनलमा नेपाल र यूएईबीच भिड्न्त हुँदैछ।  आज समूह ए को विजेता नेपाल र समूह बी उपविजेता यूएईबीच पहिलो र ए कै उपविजेता हङकङ र बी को विजेता ओमानबीच दोस्रो सेमिफाइनलमा हुँदैछ।

नेपाल र यूएईको सेमिफाइनल खेल नेपाली समयअनुसार पौने १२ बजे सुरु हुनेछ ।

गत वर्षको एसिसी प्रिमियर कपमा घरेलु मैदानमा नेपालले   यूएईलाई हराउँदै एसिया  कपमा छनौट भएको थियो।

जारी प्रिमियर कपमा नेपाल ४ खेलमा अपराजित टोली हो भने यूएई ४ खेल मध्ये ३ खेल जित्दै सेमिफाइनलमा पुगेको हो। नेपालले समूह चरणको खेलमा मलेसियालाई ५ विकेट , कतारलाई ३२ रन, हङकङलाई ८ तथा साउदी अरेबियालाई ६ विकेटले पराजित गरेको थियो।

सेमिफाइनलका दुई  विजेता  टोली फाइनलको यात्रा गर्नेछन् । फाइनल विजेता राष्ट्र आगामी एसिया कपमा सिधै छनौट हुनेछ। 

नेपाली टोलीमा रोहित पौडेल (कप्तान) कुशल भुर्तेल, आशिफ शेक, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, विवेक यादव , अनिल साह, सन्दीप जोरा, गुल्शन झा, करण केसी, सोमपाल कामी, ललित राजवंशी, अभिनाश बोहरा र प्रतिश जिसी रहेका छन् ।

 

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  ०६:५२
प्रतिक्रिया दिनुहोस्