नाउपा बहुमतप्राप्त सांसदले भने- दीर्घ सोडारीलाई हाम्रो समर्थन छैन

बिहीबार, वैशाख ६, २०८१
Neuro hospital Nepalgunj

कैलाली । सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) सहितको समर्थन भन्दै नेकपा एकीकृत समाजवादीका दीर्घबहादुर सोडारी मुख्यमन्त्री नियुक्तिको विषयमा नाउपाले आपत्ति जनाएको छ।

नाउपा ५ सांसदले नेकपा एसका सोडारीलाई मुख्यमन्त्रीमा समर्थन नरहेको जनाउदै प्रदेश प्रमुख नजिर मियाँलाई पत्र बुझाएको छ।

नेकपा एसका सोडारीले मुख्यमन्त्रीमा दाबी पेस गर्दा नाउपाका कैलाश चौधरी र टीका थापाले हस्ताक्षर गरेको भन्ने कुरा गैरसंवैधानिक , गैर कानुनी र संसदीय मान्यताविपरीत भएको बताएका छन् ।

रेशम चौधरी पक्षका नाउपा संसदीय दलको नेता घनश्याम चौधरी रहेको पत्र प्रदेश प्रमुखलाई बुझाएका छन् । पत्रमा लक्ष्मणकिशोर चौधरी, घनश्याम चौधरी, इन्दिरा गिरी, रामेश्वर चौधरी र खुसीराम चौधरीको हस्ताक्षर छ। नाउपा अध्यक्ष रन्जिता श्रेष्ठले भने कैलाश दलको नेता भएको बताउदै आएकी छिन् ।

 

 

प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  १९:१५
प्रतिक्रिया दिनुहोस्