धनुषाबाट प्याज बोकेको ट्रकसहित ३२ थान मोबाइल र मोटरसाइकल बरामद

बिहीबार, वैशाख ६, २०८१

धनुषा । सशस्त्र प्रहरीले धनुषाका विभिन्न स्थानबाट एक ट्रक प्याजसहित ३२ थान मोबाइल र मोटरसाइकल बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नं. ८ गण धनुषाबाट खटिएको टोलीले सहिदनगर नगरपालिका-२ तीनकोरिया बिरेन्द्रबजारबाट १५२ बोरा प्याज बोकेको  ना ८ ख ६३०० नम्बरको  ट्रक नियन्त्रणमा लिएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ।

सशस्त्र प्रहरीका अनुसार उक्त ट्रकसहितको प्याजलाई शंकास्पद कागजपत्रका आधारमा नियन्त्रणमा लिइएको हो। 

त्यसैगरि सशस्त्र प्रहरीको बिओपी फुलगामले मुसहरनिया गाउँपालिका-६ बाट भन्सार छ्ली गरेर नेपाल भित्र्याइँदै गरेको अवस्थामा ३२ थान मोबाइल बरामद गरेको हो।

बरामद गरिएको अवैध१५२ बोरा प्याजको ३ लाख २७ हजार रुपैयाँ र ट्रकको २२ लाख रुपैयाँ गरि २५ लाख २७ हजार रुपैयाँ  र ३२ थान मोबाइलको ५ लाख र मोटरसाइकलको १ लाख गरि ६ लाख रुपैयाँ मूल्य रहेको सशस्त्र प्रहरीले जानकारी दिएको छ

सशस्त्र प्रहरीले बरामद गरेको सबै अवैध सामग्रीलाई आबश्यक कारबाहीका लागि भन्सार कार्यालय बुझाएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ।

 

प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  ०७:५८
प्रतिक्रिया दिनुहोस्