ग्वार्को-बालकुमारी सडकखण्ड ६ देखि ११ गते राति पूर्णरुपम बन्द हुँदै

बिहीबार, वैशाख ६, २०८१

ललितपुर । ललितपुरस्थित ग्वार्को-बालकुमारी सडकखण्ड केही दिन रातमा पूर्ण रुपले बन्द हुने भएको छ। ग्वार्कोमा फ्लाइओभर निर्माणका लागि वैशाख ६ गतेदेखि ११ गतेसम्म बन्द हुने भएको हो।

यस सडकखण्डमा ६ गते राति १० बजेदेखि बिहान ४ बजेसम्म पूर्ण रुपले बन्द हुने भएको छ।

गत २०७९ मंसिरदेखि त्यस क्षेत्रमा फ्लाइओभर बनिरहेको छ। निर्माणका लागि २ वर्षको सम्झौता अनुसार निर्माण कम्पनीले रातमा पनि काम गर्ने भएकाले केही दिन रातभर काम गर्न लागिएको हो।

प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  ०६:०३
प्रतिक्रिया दिनुहोस्