लगातार परेको वर्षाले वितण्डा मच्चाउदा ८६ जनाको मृत्यु, सयौं घाइते

बुधबार, वैशाख ५, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं  । पाकिस्तानमा लगातार परेको भारी वर्षाले बितण्ड मच्चाउँदा हालसम्म ८६ जनाको मृत्यु भएको छ। भारी वर्षाका कारण पाकिस्तानका विभिन्न क्षेत्रमा आएको बाढी-पहिरोबाट ७१ जनाको मृत्यु हुनुका साथै १५१ जना घाइते भएको भारतीय समाचार संस्था एन्डिटीभीले जनाएको छ।

शनिबारदेखि लगातारको भारी वर्षाका कारण उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्त सबैभन्दा बढी प्रभावित क्षेत्र बनेको छ। उक्त क्षेत्रमा सबैभन्दा बढी नागरिकको मृत्युु भएको छ । त्यहाका मृतक मध्ये धेरैजसो बालबालिका र महिला छन्  । घाइते हुनेमा ४१ जना रहेका छन् भने  १ हजार तीन सय ७० घरहरू क्षतिग्रस्त भएका छन् । 

यसैगरी पूर्वी पञ्जाब प्रान्तमा पनि मृत्यु हुनेको संख्या धेरै छ। त्यस क्षेत्रमा पनि धेरै जना घाइते भएका छन् । दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा पनि मृत्यु हुनेको संख्या  धेरै रहेको बताइएको छ।

कश्मीरमा भारी वर्षाका कारण कम्तीमा ८ जनाको मृत्यु हुनुका साथै ११ जना घाइते भएका छन् भने ४७ वटा घरहरू ध्वस्त भएका छन् । 

प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  १९:५२
प्रतिक्रिया दिनुहोस्