विराटनगरको रानी तनावग्रस्त

बुधबार, वैशाख ५, २०८१

मोरङ । विराटनगरको रानी तनावग्रस्त बनेको छ। राम नवमीको र्‍यालीलाई लिएर दुई पक्षबीच विवाद हुँदा तनाव सिर्जना भएको हो। 

विराटनगर-१५ रानीमा एउटा समूहले जिकालेको र्‍यालीलाई आज दिउँसो अर्को पक्षले अवरोध गर्दा विवाद उत्पन्न हुँदै तनाव सिर्जना भएको प्रहरीले जनाएको छ।

तनावग्रस्त बनेको रानीमा स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गरेको छ भने केही राउन्ड अश्रुग्यास र हवाई फायर समेत गरेको छ। दुई पक्ष नै झडपमा उत्रिदा अवस्था तनावग्रस्त बनेको हो। दुई पक्षबीचको झडपमा ५ जना प्रहरी घाइते भएका छन् । 

प्रहरीले स्थितिलाई नियन्त्रणमा लिमे प्रयास गरेपनि अवस्था तनावपुर्ण भएकाले लिन सकेको छैन ।

 

प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  १७:४४
प्रतिक्रिया दिनुहोस्