एसिसी प्रिमियर कप: अपराजित रहदैँ नेपाल सेमिफाइनलमा, साउदी ६ विकेटले पराजित

बुधबार, वैशाख ५, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । ओमानमा जारी एसिसी प्रिमियर कप २०२४ को सेमिफाइनलमा पुगिसकेको नेपालले समूह 'ए' अन्तर्गतको अन्तिम खेलमा साउदी अरेबियालाई  पराजित गरेको छ। साउदी अरेबियाले दिएको ७४ रनको लक्ष्य भेटाउदै नेपालले साउदी अरेबियालाई    ६ विकेटले  पराजित गरेको हो। यो लगातार नेपालको चौथो जित हो।

निर्धारित समयभन्दा ढिलो सुरु भइ २० ओभरको खेललाई ८ ओभरमा झारिएको खेलमा नेपालले टस जितेर साउदी अरेबियालाई पहिलो ब्याटिङको निम्तो दिएको थियो। साउदीले ८ ओभर खेल्दै ७ विकेट गुमाएर ७३ रन बनाएको हो।

जवाफी ब्याटिङमा उत्रिएको नेपालले   ७.२ ओभरमा (४ बल बाँकि छ्दै) ४  विकेट गुमाउँदै ७५ रन बनाएको हो। नेपालका लागि अविजित रहदै गुल्शन झाले  सर्वाधिक १९ बलमा ३२ र कप्तान रोहित पौडेलले ७ बलमा १६  रन बनाए। दीपेन्द्रसिंह ऐरी १७ रन बनाए। ओपनर कुशल भुर्तेल शुन्यमा तथा आशिफ शेख र कुशल मल्ल२-२ रन बनाएर आउट भएका हुन् ।

नेपालविरुद्द साउदीका  इस्तियाक अहमदले २, उस्मान नजिब र बाजि उल हसनले १-१  विकेट लिए।

साउदीले गरेको ब्याटिङमा  अब्दुल वाहिदले १६ बलमा  सर्वाधिक ३७  रन बनाए भने अन्य कुनै खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् । साउदीविरुद्द नेपालका करण केसी र  अभिनाश बोहराले २-२ तथा प्रतिश जिसी र ललित राजवंशीले १-१ विकेट लिए।

आजको जितसँगै नेपाल आफ्नो समूहमा सबै खेल जित्ने एक मात्र राष्ट्र बन्दै समूह विजेता बनेर अन्तिम चारमा पुगेको छ। त्यसो त नेपाल साउदी अरेबियासँग खेल्नुअघि नै सेमिफाइनलमा पुगेपनी आजको जितबाट सबै खेल जित्दै विजेता बन्दै औपचारिक रुपमा अन्तिम चारमा पुगेको हो।

यसअघिको पहिलो खेलमा नेपालले मलेसियालाई ५ विकेट , कतारलाई ३२ रन र हङकङलाई ८ विकेटले पराजित गरेको थियो।

नेपाल रहेको समूह ए मा कतार, साउदी अरेबिया , हङकङ र मलेसिया  र हङकङ रहेको समूहबाट नेपाल समूह विजेता र हङकङ उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेका छन्  । 

त्यस्तै  समूह बी मा ओमान, यूएई,कम्बोडिया र बहराइन छन् । समूह बी को ओमान ३ खेल जित्दै सेमिफाइनलमा प्रवेश गरिसकेको अवस्थामा कुवेत ४ अंकका साथ दोस्रो , यूएई ४ अंकका साथ तेस्रो, बहाराइन २ अंकका साथ चौथो र कम्बोडिया शुन्य अंकका साथ पाँचौ स्थानमा छ।

समूह बी को आजको खेल ओमान र कुवेतबीच र यूएई कम्बोडियाबीच हुँदैछ। समूह ए बाट सेमिफाइनलमा पुगुसकेको ओमानसँगै सेमिफाइनलमा पुग्ने अर्को राष्ट्रको टुंगो लाग्नेछ। 

सेमिफाइनलमा दुबै समूहका विजेता र उपविजेता टोली सेमिफाइनलमा जानेछन र दुई टोली फाइनलको यात्रा गर्नेछन् । फाइनल विजेता राष्ट्र आगामी एसिया कपमा सिधै छनौट हुनेछ। यसअघि नेपालले घरेलु मैदान यूएईलाई पराजित गर्दै एसिया कपमा पुगेको थियो।

नेपाली टोलीमा रोहित पौडेल (कप्तान ) कुशल भुर्तेल, आशिफ शेक, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, विवेक यादव , अनिल साह, सन्दीप जोरा, गुल्शन झा, करण केसी, सोमपाल कामी, ललित राजवंशी, अभिनाश बोहरा र प्रतिश जिसी रहेका छन् ।

 

प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  १६:०५
प्रतिक्रिया दिनुहोस्